२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनशायले सांघातिक आक्रमण भएको थियो : देउवा

मंगलवार , आश्विन २८, २०८२

  • 409
    Shares
  • 409
    Shares
  • काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको अवस्था कुनैपनि बेला आउनसक्ने बताउनुभएको छ । 

    मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भदौ २४ गते सिंगो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनशायले सांघातिक आक्रमण भएको बताउनु भयो ।

    घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको बताउनु भयो । आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटो प्रचार गरिएको बताउनु भयो । आफ्नो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘गत भाद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनशायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो ।

    म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुप¥यो तपाइहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो । तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु ।

    मेरा राजनीतिक जीवन यात्रामा भोगेका तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु ।

    मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

    यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।

    म यो बैठकबाट आक्रमणकारीहरुको कव्जावाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु ।’

    सभापति देउवाले पछिल्लो घटनाक्रम देश, पद्धति र पार्टी माथिको आक्रमण भएको बताउनु भयो ।