२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

भूमिदेव फर्निचर बजारमा ३५ प्रतिशत छुट अफर

सोमवार , आश्विन २७, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • भैरहवा, २८ असोज । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पड्सरीस्थित भूमिदेव फर्निचर बजारले आफ्ना सम्पूर्ण उत्पादनमा ३५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ । ‘कम्पनीले भूमिदेव फर्निचर मेला’ सञ्चालन गरी उक्त अफर ल्याएको हो । प्रा.लि.ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा १५ औं वर्षमा कम्पनी प्रवेश गरेको र तिहारको अवसरमा उक्त अफर ल्याएको जनाएको छ ।

    IMG_6296.jpg

    यो छुटको अफर असोज २७ देखि आउँदो छठ पर्वसम्मका लागि मात्र रहेको भूमिदेव फर्निचर बजारका उत्पादन प्रबन्धक अभिषेक अर्यालले जानकारी दिनुभयो । उहाँले आफ्नो फर्निचर कम्पनी आधुनिक जीवनशैलीका लागि गुणस्तरीय दिगो र आकर्षक फर्निचरको प्रतीक रहेको बताउनुभयो । पडसरीमा प्रधान कार्यालय रहेको कम्पनीको मुलुकका विभिन्न स्थानमा रहेको ८ वटै शाखा कार्यालयमा पनि छुटको अफर सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

    १५ औं वर्षमा पुगेको उपलक्ष्यमा आगामी दिनहरुमा अझ नविन डिजाइन, वातावरणमैत्री उत्पादन र आधुनिक प्रविधिको प्रयोगद्वारा सेवा विस्तार गर्ने भूमिदेव फर्निचर बजार योजनामा रहेको उहाँले बताउनुभयो ।
    वि.सं. २०६७ सालमा भैरहवाबाट उत्पादन गरी व्यवसायिक कारोबार सुरु गरेको यो कम्पनीको हाल लोकन्थली, भक्तपुर, बानेश्वर, काठमाडौं, इमाडोल, ललितपुर, झापा र पोखरामा शाखा कार्यालय स्थापना गरी व्यवसायिक कारोबार गर्दै आएको छ ।

    उक्त कम्पनीका २ हजार देखि ७ लाख रुपैयाँ मूल्यसम्मका विभिन्न फर्निचर उत्पादन सामाग्री छन् । सबै शाखामा बेड, डाइनिङ सेट, ड्रेसिङ टेवल, स्टडी टेबल लगायत घर तथा अपार्टमेन्टका लागि आवश्यक सम्पूर्ण फर्निचर मोड्युलर किचन तथा आकर्षक सोफासेटहरु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पारसमणि गैरेले बताउनुभयो । भूमिदेव फर्निचर बजारबाट उत्पादित सम्पूर्ण उत्पादन सामग्रीमा १५ वर्षसम्मको वारेन्टी सुविधा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।

    गाडीमा १ घण्टासम्मको दुरीका लागि निःशुल्क डेलिभरीको व्यवस्था रहेको गैरेले बताउनुभयो । अन्य डेलिभरी सेवा नेपाल भरी रहेको उहाँको भनाइ छ । गैरेका अनुसार गुणस्तर, विश्वास र दिगोपनमा अडिग रहँदै कम्पनीले ग्राहकहरुको आवश्यकता अनुरुप नयाँ सामानहरु प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    झण्डै १० करोड रुपैयाँको लगानीमा स्थापित यो कम्पनीले भियतनाम र भारतबाट कच्चा पदार्थ आयात गरी भैरहवा र लोकन्थलीमा उत्पादन गर्ने गरेको छ । यहाँ ४५ जना कर्मचारी कार्यरत छन् ।