
बिहिवार , आश्विन २३, २०८२
भैरहवा, २३ असोज । विभिन्न कार्यक्रम गरी बिहीबार विश्व दृष्टि दिवस–२०२५ मनाइँदैछ । दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ रुपन्देही, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल, रुपन्देहीले पाँचजना बिरामीको निःशुल्क उपचार गरेको छ ।
अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार पाँचजना बिरामीको आँखा परीक्षण लगायत आवश्यक उपचार सेवा निःशुल्क रुपमा प्रदान गरिएको हो । निःशुल्क उपचार सेवा पाएका बिरामीमा चारजना भारतीय र एकजना नेपाली रहेको सूचना अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।
‘आफ्नो आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस–२०२५ मनाइँदैछ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ मा अवस्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालमा नेपाल र भारतका विभिन्न स्थानबाट बिरामीहरु आउने गरेका छन् । अस्पतालले नाक, कान र घाँटी सम्बन्धि (ईएनटी) उपचार सेवा पनि सञ्चालन गरेको सह–व्यवस्थापक तुल्सी प्रसाद पराजुलीले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij