२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

लागूपदार्थ दुर्व्यसन तथा मद्यपान सम्बन्धी सचेतनामूलक गोष्ठी सम्पन्न

बिहिवार , आश्विन २३, २०८२

  • 724
    Shares
  • 724
    Shares
  • पाल्पा, २३ असोज । लागूपदार्थ दुर्व्यसन तथा मद्यपान नियन्त्रणसम्बन्धि सचेतनामूलक अन्तरक्रिया गोष्ठी बिहीबार पाल्पाको तिनाउ गाउँपालिकास्थित झ्याङ्गला गाउँमा सम्पन्न भएको छ ।

    गोष्ठीमा सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले लागूपदार्थ दुर्व्यसनीको अर्थ, यसको प्रयोग, अल्पकालीन तथा दीर्घकालीन असर र रोकथाममा समुदाय, प्रहरी प्रशासन र स्थानीय सरकारको भूमिका विषयमा प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले घरपरिवार र समाजबाटै लागूपदार्थ दुव्र्यसनी नियन्त्रणमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका प्रवक्ता यादव प्रसाद अर्यालले लागूपदार्थ दुव्र्यसनी समाजको समस्या र चुनौती रहेको बताउँदै नियन्त्रणका लागि स्थानीय सरकारले सचेतनामुलक अभियान सञ्चालन गर्ने बताउनुभयो । 

    दोभान प्रहरी चौकीका ईन्चार्ज रुमबहादुर केसीले देशकै मूल समस्याका रुपमा रहेको लागूपदार्थ दुर्व्यसनलाई नियन्त्रण गर्ने प्रहरी प्रशासन सक्षम रहे तापनि स्थानीयहरुको साथ, सहयोग अनिवार्य रहने बताए । 

    गोष्ठीमा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल, बँदेल पोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलबहादुर केसी, थानिडाँडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरजंग थापा, स्थानीयहरु चक्रव्युह थापा, दिलु योञ्जनलगायतले लागूपदार्थ दुव्र्यसनी नियन्त्रणमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    WhatsApp Image 2025-10-09 at 2.20.04 PM (1).jpeg

    लालीगुराँस महिला समूहको आयोजना र झरना युवा क्लवको सह–आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लालीगुराँस महिला समूहकी अध्यक्ष जानकी थापा, सञ्चालन यमुना घर्तिमगर र स्वागत रोजी थापाले गर्नुभएको गियो । गोष्ठीमा झ्याङ्गला गाउँका १ सय बढी स्थानीय बासिन्दाहरुको उपस्थिति थियो ।