२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

टुगा आस्था विकासको सातौं वार्षिक साधारणसभा, टुगा सेवा केन्द्रको एकाई बैठक सम्पन्न

बिहिवार , आश्विन २३, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, २३ असोज । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा ओमसतिया–१, रुपन्देहीको सातौं वार्षिक साधारण सभा अन्तर्गत बिहीबार टुगा सेवा केन्द्र, कोटिहवाको एकाई बैठक बिहीबार सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख वक्ता सहकारी अभियन्ता प्रकाश भट्टराईले सहकारीलाई राम्रो बनाउन आफूबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले अरुलाई दोषारोपण गरेर मात्र नहुने बताउनुभयो । अध्यक्ष भट्टराईले सुशासनको कमीले सहकारी संस्थामा समस्या आएको उल्लेख गर्नुभयो । ‘सहकारी संस्थाले आर्थिक पारदर्शीतालाई ध्यान दिनुपर्छ, सबै अनुशासनमा बसे संस्थामा दुर्घटना हुँदैन, ’उहाँले भन्नुभयो । ऋण लिएपछि तिर्नुपर्दैन भनेर संस्कार सिकाइएकाले समस्या आएको उहाँको भनाइ छ । सञ्चालक समितिले सहकारी संस्थालाई प्रतिष्पर्धी बनाउनुपर्ने उहाँले बताउनुभयो । 

    कार्यक्रममा सञ्चालक समितिको तर्फदेखि अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डी.बी.थापाले सदस्य सेवा पहुँचको लागि आवश्यकता अनुसार सदस्य सेवा केन्द्र कार्यालय थप गरिने बताउनुभयो । उहाँले संस्थाको चारवर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गरिने बताउनुभयो । अध्यक्ष थापाले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा असहज परिस्थितिमा पनि ९० करोड पूँजी पुर्याएको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको रुपन्देही जिल्लाभरी कार्यक्षेत्र रहेको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष मसान्तसम्म ७ हजार १ सय ७८ जना शेयर सदस्य रहेको यो संस्थाको पहिलो स्वार्थ भनेको सदस्यको शेयर र बचत सुरक्षित राख्नु, सुरक्षित परिचालन गर्नु र मुनासिब प्रतिफल दिनु नै रहेको बताउनुभयो ।

    कार्यक्रममा सञ्चालक समिति सचिव गोकुल पोखरेलले सचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष शारदा देवी पौडेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक रतन बहादुर भण्डारीले लेखा सुपरीवेक्षण समिति संयोजकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सहकारीका अध्यक्ष डी.बी. थापाको अध्यक्षता, उपाध्यक्ष परसुराम बाँस्तोलाको स्वागत तथा सचिव गोकुल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २०८१ सालको एसएलसी (कक्षा १२)को परीक्षामा उत्कृष्ट अंक ल्याएका सहकारीका शेयर सदस्यका छोरीछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ता र कारोबारलाई पनि सम्मान गरिएको थियो ।

    अध्यक्ष थापाका अनुसार असोज २५ गते शनिबार संस्थाको निर्णय प्रमाणित साधारण सभा हुँदैछ ।