२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

जेन—जीहरुका माग पूरा नगरेको भन्दै माईतीघरमा अन्तरिम सरकारविरुद्ध प्रदर्शन

बिहिवार , आश्विन २३, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौं, २३ असोज । जेन—जीहरुका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    बिहीवार बिहान माईतीघर मण्डलामा जेन—जीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन् ।

    उनीहरु जेन—जीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथिति विरुद्ध कुनै कदम नचालेको, जेन—जी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् ।

    प्रहरीले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । जेन—जीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरु बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।