२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

२४ लाख ५० हजार सिरियाली बालबालिका विद्यालय बाहिर

बिहिवार , आश्विन २३, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौं, २३ असोज । सिरियामा २४ लाख ५० हजारभन्दा बढी बालबालिका अझै पनि विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ ।

    देशभर १० लाखभन्दा बढी बालबालिका विद्यालय छोड्ने जोखिममा रहेकोबतायएको छ । युनिसेफले चेतावनी दिएको छ सिरियाको शिक्षा प्रणालीले वर्षौंको युद्ध, विस्थापन र आर्थिक कठिनाइका कारण गहिरो चुनौतीहरूको सामना गरिरहेको छ ।

    सिरियाका लागि युनिसेफका उप–प्रतिनिधि जेनब आदमले विद्यालय बाहिर रहेका बालबालिका, क्षतिग्रस्त विद्यालय र अत्यधिक तनावग्रस्त शिक्षकहरू राष्ट्रव्यापी शिक्षा पुनस्र्थापित गर्न सबैभन्दा ठूलो चुनौती हुन् ।

    धेरै विस्थापित परिवारहरू घर फर्किएसँगै विद्यालय शिक्षा र पूर्वाधारको माग बढ्दै गएको छ । जसले पहिले नै कमजोर प्रणालीमा थप दबाब दिइरहेको छ ।

    युनिसेफको अनुमान छ कि देशको राजनीतिक संक्रमण अघि, ७ हजार २ सय भन्दा बढी विद्यालयहरू क्षतिग्रस्त वा नष्ट भएका थिए ।