२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

एकरुपताका कारण विपद्सँग लड्न सफल भयौँ : महानिर्देशक जोशी

आइतवार , आश्विन १९, २०८२

  • 421
    Shares
  • 421
    Shares
  • काठमाडौं, १९ असोज । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचनाको बुझाईमा एकरुपता र समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गरेकाले विपद् प्रतिकार्यमा सफलता मिलेको बताउनुभएको छ ।

    आईतवार पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरेको बताउनु भयो ।

    मौसम पूर्वानुमान र पूर्वसूचनाको बुझाईमा एकरुपता, समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गर्दा सफलता हात परेको उहाँको भनाइ छ । समन्वयात्मक कार्यकै कारण विगतको तुलनामा जनधनको क्षति कम भएको बताउनु भयो । ७ अक्टोबरमै १८,१९ र २० गते अति भारी वर्षा हुने पूर्वानुमान गरेको र सोहीअनुसार सूचना जारी गरेर जानकारी दिने कामले सफलता हात परेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘यस वर्ष मनसुनको अन्त्यतिर आएर जल तथा मौसम विपद्को हामीले सामना गर्नुपरेको छ । यसलाई जल तथा मौसम विज्ञान विभागको तर्फबाट आजको दिनमा हाम्रो पूर्वानुमान र पूर्वसूचनाको बुझाईमा एकरुपता, समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट जुन किसिमले हामीले काम गर्नसक्यौँ, यसको कारणले पक्कै पनि विगतको तुलनामा यस्ता प्रकारका घटना भन्दा जनधनको क्षति कम भएको अनुमान छ ।

    यद्यपि तथ्यांक आउन बाँकी छ । हामीले २७ अक्टोबरमै १८,१९ र २० गते यस्तो हुन्छ भनेर पूर्वानुमान र पूर्वसूचना विभागबाट जारी भइसकेको थियो । समयमै सूचना पु¥याउन सकेको कारणले गर्दा ठूलो क्षति भएन । यस वर्ष हामी यस वर्षको विपद्सँग लड्न सफल भयौँ ।’

    उहाँले पूर्वानुमान एक पटक मिल्यो भन्दैमा हौसिनुपर्ने र मिलेन भन्दैमा निराश हुनुपर्ने कारण नरहेको बताउनु भयो ।