
शनिवार , आश्विन १८, २०८२
काठमाडौं, १८ असोज । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताउनुभएको छ ।
वर्षा हुनुभन्दा पहिला नै हिँडिसकेका तर गन्तव्यमा पुगि नसकेकाहरुका लागि यस्तो निर्णय लिइएको बताउनु भयो । उहाँले बाटोमा अलपत्र परेका यात्रुहरुको सुरक्षाका लागि सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने खाद्यान्न, अन्य व्यवस्थापनको कार्य गर्न जिल्ला प्रशासन कार्यालयलाई स्थानीय सरकारस्ँग समन्वय गरेर काम गर्न आग्रह गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अगाडी नै हिँडिसकेका तर बाटोमा अड्किएका केही यात्रुहरु हुनुहुन्छ । उहाँहरुका सन्दर्भमा उहाँहरुलाई सुरक्षित राखिदिनका लागि, उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने, खाद्यान्न र अन्य व्यवस्थापन गरिदिनका लागि सबै प्रमुख जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय सकरार र वडा सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ ।’
उहाँले ४ सय मिलिमिटर भन्दा बढी वर्षा हुने अनुमान रहेको बताउनु भयो । सुरक्षा निकायहरु देशभर सुरक्षार्थ परिचालन गरिएको जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij