
शनिवार , आश्विन १८, २०८२
पर्सा, १८ असोज । वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिवार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताउनुभएको छ ।
शनिवार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई अहिलेको अवस्थाबारे जानकारी दिँदै यस्तो बताउनुभएको हो । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको बताउनु भयो ।
आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको जानकारी दिनुभयो । ३ दिनको दौरानमा करिव करिव ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको र सोही अनुपातमा वर्षा जारी रहेको बताउनु भयो ।
आईतवार बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर जारी रहने र सोमवार बिहानसम्मै पूर्वी क्षेत्रमा वर्षा हुने बताउनु भयो । खोलाहरुमा पानीको बहाव बढ्दै गएको भन्दै रेड अलर्ट जारी गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मनसुनको प्रवेश नेपालको पाँच वटा जिल्लाबाट दक्षिणी क्षेत्रबाट प्रवेश गरेको हो बारा, पर्सा, रौतहट, सर्लाही, चितवनमा भारी वर्षा भइरहेको छ । मकवानपुरल, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र अन्य आसपासका जिल्लाहरुमा यसको फैलावट छ ।
यसको फैलावट थप विस्तार रुपमा पूर्वी क्षेत्रतर्फ विस्तार भइरहेको छ । सिन्धुली, दोलखा र रामेछापसम्म यसको विस्तार भइसकेको छ । कोशी पारी पनि केही मात्रामा पानी पर्न शुरु भएको छ ।
१ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी वर्षा पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर मापन भएको छ । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको छ । आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको छ ।
३ दिनको दौरानमा करिव करिव ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरेका थियौँ । अहिले त्यही अनुपातमा वर्षा भइरहेको छ । भोलि बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर रहने देखिन्छ ।
पूर्वी क्षेत्रमा पर्सी बिहानसम्म वर्षा निरन्तर रहने देखिन्छ । खोलाहरु बढ्दै गएको अवस्था वागमती, काठमाडौं उपत्यकाका सबै खोलानालाहरु शतर्कताको तहमा पुगिरहेका छन् । वागमतीको तराईको क्षेत्रमा पनि बढ्दै गएको छ ।’
उहाँले कमला नदी जलाधारको क्षेत्रमा पनि शतर्कता तह पार गर्ने देखिएको, पूर्वराप्ती नदी जलाधार क्षेत्रमा पनि बाढीको जोखिम रहेको बताउनु भयो । १२ घण्टामा सय मिलिमिटर वर्षा भइसकेको बताउनु भयो ।
प्रतिघण्टा २५—३० मिलिमिटर वर्षा भइरहेको बताउनु भयो । रातिको समयमा र आईतवार जाखिम अत्याधिक रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij