२०८२, आश्विन १३ गते

Sep 29 2025 | २०८२, आश्विन १३ गते

दशैँघरमा फूलपाती भित्र्याउने चटारो

सोमवार , आश्विन १३, २०८२

  • 79
    Shares
  • 79
    Shares
  • भैरहवा, १३ असोज । आज फूलपाती । नेपालीहरुको महान पर्व विजया दशमीको सप्तमी तिथीमा जमरा राखिएको दशैँ घरमा फूलपाती भित्र्याउने गरिन्छ ।

    फूलपाती भित्र्याउन चटारो देख्न सकिन्छ । घरघरका साथै दशैँ घर, शक्तिपीठहरुमा फूलपाती भित्र्याउनेको चटारो देख्न सकिन्छ । काठमाडां उपत्यकाको भद्रकाली, मैतीदेवि, नक्शाल भगवती, शोभा भगवती लगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याउने र पूजा आराधनाका लागि पुग्नेहरुको भीड देख्न सकिन्छ ।

    घटस्थापनाको दिन राखेको जमरा आज शक्तिपीठहरुमा लगेर चढाउने समेत गरिन्छ ।