
मंगलवार , आश्विन ७, २०८२
बुटवल, ७ असोज । रुपन्देहीको बुटवलमा ड्रिम क्याचर डान्स एकेडेमी सञ्चालनमा आएको छ । विगत लामो समयदेखि बुटवललाई कलाको माध्यमबाट आफ्नो कर्मथलो बनाएका तीन युवाहरु मिलेर उक्त एकेडेमी सञ्चालनमा ल्याएका हुन् । सागर खनाल, मेनुका थापा र टेक जीएमले संयुक्त रुपमा डान्स एकेडेमी सञ्चालनमा ल्याउनुभएको हो ।
एकेडेमीको चलचित्र छायाँकार, निर्देशक तथा सञ्चारकर्मी मनिष पन्थले एकेडेमीको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै पन्थले कलाकारिताको माध्यमबाट धेरै राष्ट्रियस्तरका कलाकारहरु जन्मएको बताउँदै धेरै कलाकारहरु कलाकारितामै स्थापित भएको बताउनुभयो । उहाँले लगनशीलताका साथ आफ्नो विधामा जो अगाडि बढ्छ त्यसले अवश्य पनि सफलता हासिल गर्ने र यो पनि सफलताको एउटा उदाहरण भएको बताए । उहाँले यो एकेडेमीले उत्कृष्ट कलाकारहरुको उत्पादन गर्ने र त्यसका लागि आफूले पनि सो डान्स एकेडेमीलाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एकेडेमीमा नृत्य, जुम्बा, अभिनय सिकाउनुका साथै कोरियोग्राफी, म्यूजिक भिडियो, फिल्म, टेलिफिल्म निर्माण तथा अभिनय गर्ने अवसर समेत प्रदान गरिने सञ्चालक सागर खनालले बताउनुभयो । उहाँले कलाकारिता र नृत्यमा रुची हुनेहरुका लागि यो एकेडेमी प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । घटस्थापनाको अवसरमा एकेडेमी सञ्चालनमा आएको हो ।
कार्यक्रममा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष सुन्दर गुरुङ, नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश महिला उपाध्यक्ष मिना बुढाथोकी, तिनाउ गाउँपालिकाका पूर्व वडाअध्यक्ष राजेश श्रेष्ठ, बिमला खनाल, नारायण गाहा, जुना घर्तीमगर, मदन घर्तीनगर, अमित रानामगर, सिवानी थापा मगर, सुरेश राना लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij