२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी : वीरेन्द्र वैद्यवार

मंगलवार , आश्विन ७, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • काठमाडौं, ७ असोज । बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएको   छ ।

    मंगलवार राजधानीमा भएको ‘अर्थतन्त्र पुनरुत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले जेन—जी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतीको छिटो भुक्तानी गरिने बताउनु भयो । वैद्यवारकाअनुसार अहिलेसम्म आन्दोलनका कारण २ हजार ४७८ वटा बीमा दाबी आवेदन परेको छ ।

    यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो । गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोसीको बाढीका कारण करिव १३ अर्बको दाबी परेको उहाँको भनाइ रहेको छ ।

     वैद्यवारले भन्नुभयो –‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०/२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ ।

    यसमा पनि दुई तीन वटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२/१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ । अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दाबी आउँछ भन्ने लागेको थियो ।

    नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढी,पहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडैनै रिकभरिका लागि सहयोग गथ्र्यौं ।’ 

    १ हजार ७ सय दाबी साना प्रकृतिका रहेको बताउनु भयो । यि ४०–५० लाखदेखि २ करोडसम्मका रहेको आँकलन उहाँको छ । अरु ठूलो प्रकृतिका रहेको उहाँको भनाइ छ ।