२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

भैरहवामा सञ्चालनमा आयो ‘गामा फिल्मस् नेपाल’

सोमवार , आश्विन ६, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ६ असोज । रुपन्देहीको भैरहवामा ‘गामा फिल्मस् नेपाल’ सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित प्रहरी टोलस्थित (नर्थ टेक्नोलोजीको माथिल्लो तल्ला) मा सञ्चालनमा आएको यो व्यवसायिक प्रतिष्ठानको सोमबार चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष सचिन रोक्काले उद्घाटन गर्नुभएको हो ।

    गामा फिल्मस् नेपालका सञ्चालक शंकर गौतमले फोटोग्राफी सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध रहेको बताउनुभयो । साथै पोडकास्ट सेवा पनि उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।

    उद्घाटन कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका उद्योग उपाध्यक्ष मधुसुदन अर्याल, महासचिव लक्ष्मी अधिकारी, कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य प्रमोद रिजाल, लगायतको उपस्थिति थियो । कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसीका अनुसार करिब ७–८ लाखको लगानीमा ‘गामा फिल्मस् नेपाल’ सञ्चालनमा आएको हो ।

    WhatsApp Image 2025-09-22 at 12.17.52 PM.jpeg