२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल दशैँअघि नै खाल्डा पुर्न निर्देशन

सोमवार , आश्विन ६, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • काठमाडौं, ६  असोज । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन गर्नुभएको छ ।

    सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गर्नुभएको हो ।

    अनुगमनका क्रममा उहाँले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

    मन्त्री घिसिङको सो सडक खण्डको विस्तार कार्यका लागि बजेटको अभाव हुन नदिने पनि बताउनु भयो । उहाँले सो सडक खण्डको विस्तारको लागि आगामी आर्थिक वर्षभित्र सकिने गरी काम गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो । 

    मन्त्री घिसिङले भन्नुभयो, ‘यो आर्थिक वर्ष असारसम्म हामी पिचको काम सम्पन्न गर्ने चरणमा छ । र जतिपनि खाल्डाखुल्टी छ । दशैँभरी सक्ने गरी काम गरिरहनुभएको छ ।

    दशैँ तिहारको लागि जहाँ खाल्डाखुल्टी छ । त्यसलाई स्मुथ बनाउने र काम पनि असारसम्म सकिने छ । यहाँ काम भइराखेको छ । पहिला केही बजेटको पनि समस्या थियो ।

    अब मेन काम पिच गर्ने काम शुरु भएको छ । स्ट्रक्चरको काम अलमोष्ट सकिएको छ । अब काम पिच गरेपछि देखिन्छ । बजेटको अभाव भए रकमान्तर गरेर भएपनि यो रोडलाई प्राथमिकता दिनेछौं ।

    अब कन्टयाक्टरहरुले पनि काम तत्काल गर्नुप¥यो । काम नगर्ने ठेकदारको कन्ट्रयाक तोड्नुप¥यो । वर्षौंसम्म कामहरुलाई राख्ने काम हुँदैन । काम नगर्ने कन्ट्रयाक्टरको ठेक्का तोडिन्छ ।

    र कन्सल्टेन्टको तर्फबाट पनि डिसिजन प्रोसेसलाई फाष्ट गर्नु प¥यो । यसले पनि धेरै काम रोकिएको हुन्छ । हाईवेका प्रोजेक्टहरुलाई बजेटको अभाव हुन दिइदैन । यसलाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्नुपर्छ ।’

    त्यस अवसरमा स्थानीयले सो सडक खण्डको विस्तारको काम सम्पन्न गराउनका लागि मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए ।