२०८२, आश्विन ४ गते

Sep 20 2025 | २०८२, आश्विन ४ गते

वि.पी. विचार राष्ट्रिय समाज रुपन्देहीद्वारा खाद्यान्न तथा शैक्षिक साम्रगी वितरण

शनिवार , आश्विन ४, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • बुटवल, ४ असोज । वि.पी. विचार राष्ट्रिय समाज  जिल्ला  समिति, रुपन्देहीले शुक्रबार विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक साम्रगीहरु वितरण गरेको छ । वि.पी.  कोइरालाको ११२ औं जन्मोत्सवको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयका दृष्टीबिहीन छात्रालाई खाद्यान्न  तथा शैक्षिक सामग्री विवरण  गरिएको छ । वि.पी. जयन्ती भदौ २४ गते भए पनि उक्त दिन जेनजी आन्दोलन भएपछि रोकिएकोले शुक्रबार कार्यक्रम  गरिएको हो । 

    वि.पी. विचार राष्ट्रिय समाजका कार्यवाहक अध्यक्ष इन्जिनियर यमलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहकाी सभापति रामकृष्ण खाणले समाजमा सबैलाई समान व्यवहार गर्नुपर्ने विचार बिपीको रहेको बताउनुभयो । उहाँले दृष्टिबिहीन विद्यार्थीहरूलाई विभिन्न संघ–संंस्थासँगै तीनै तहका सहकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    काँग्रेसका  युवा नेता तथा  वि.पी. विचार राष्ट्रिय समाज रुपन्देहीका सल्लाहकार विष्णु प्रसाद पोखरेलले वि.पी. विचार सामान्य घटनाक्रमले नमर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा जेनजी आन्दोलन अराजकतातिर गएको  भन्दै भदै  ३ र २४ गते घटना आन्दोलन नाममा लुटपाट भएको  टिप्पणी  गर्नुभयो । उहाँले आन्दोलनको नाममा लुटपाट गर्नेहरूलाई सरकारले कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । 

    कार्यक्रममा शान्ति नमुना माविका  प्रधानाध्यापक कुल प्रसाद  लामिछाने, वि.पी.को  विचार राष्ट्रिय समाजका निवर्तमान  सभापति अधिवक्ता शरद भट्टराई लगायत बोल्दै  वि.पी. विचारलाई सही दिनमा कार्यान्वयन गर्नको लागि नेतृत्व  लागू गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रमको सञ्चालन सचिव अधिवक्ता कृष्ण प्रसाद पोखरेलले गर्नुभएको थियो ।

    उक्त अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित चामल, दाल, तेल, लगायत सामग्री पनि प्रदान गरिएको थियो ।