
शुक्रवार , आश्विन ३, २०८२
काठमाडौं, ३ असोज । जेन जी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनी भएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरिएको छ ।
अन्तरिम सरकारले सिंहदरबारभित्र जेन जी आन्दोलनकारीले जलाएका सवारीसाधनहरुको व्यवस्थापन शुरु गरेको हो । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी सम्पतीमाथि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए ।
आगजनी भएका सवारीसाधनहरु नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, टेकु र कपनमा राखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij