
शुक्रवार , आश्विन ३, २०८२
आज असोज ३ गते । देशभर बिहानैदेखि तामझामका साथ संविधान दिवस मनाइँदैछ । कसैले पूर्ण रुपमा स्वीकार्न र अपनाउन नसकेको संविधान दिवसको रुपमा मनाइँदैछ । भने मुलुकका विभिन्न ठाउँमा असोज ३ लाई कालो दिन (कालो दिवस) को रुपमा मनाइँदैछ ।
२०७२ साल असोज ३ गते जारी भएको नेपालको यो संविधानबाट वास्तवमा सबै खुशी छौं ? यसलाइ जारी गर्दाको बखत यसले राष्ट्रिय उद्देश्य, भावना, इतिहासलाई समेटेको थियो ? मेरो विचारमा
– निर्दोष जनताको रगतले लेखिएको यो संविधान ।
– आदिवासी, जनजाति, मधेशी, अल्पसंख्यक समुदाय विरोधी यो संविधान ।
– देशको राष्ट्रिय भावनालाइ खण्डित पार्ने यो संविधान ।
– देशको इतिहास/विरासत मेट्ने यो संविधान ।
– आदिकालदेखि मानीआएको सनातनी हिन्दू राष्ट्रलाई सिध्याउने यो संविधान ।
– नेतालाइ मालिक एव जनतालाइ दास बनाउने संविधान
– न्यायलाई नेता भन्दा तल राखेको यो संविधान
– कानून भन्दा माथि नेता परिभाषित गर्ने यो संविधान
– आत्मनिर्भरतालाई लत्याउने, परनिर्भरतालाई बढावा दिने यो संविधान
– युवा/दक्षलाई निरुत्साहित गरी अदक्ष/परिवारवादलाई प्रोत्साहन गर्ने यो संविधान
– सामाजिक, धार्मिक, जातीय द्वन्द्वलाई बढावा दिने यो संविधान
अन्त्यमा, निर्दोष जनताको छातीमा गोलि ठोकेर, विभिन्न आन्दोलन, अवरोधकाबीच हडबडीमा अपूर्ण संविधान जारी गरेपछि यसलाई बहुसन्ख्यक नेपालीले स्वीकार गरेका छैनन् । एकातर्फ संविधान दिवस, अर्कोतर्फ कालो दिन भनी मनाइरहँदा यसको अपनत्वप्रति शंका उत्पन्न हुनु स्वभाविक हो । केवल ३–४ नेता, परिवारका लागि बनाइएको यो संविधान २०४७ ले जस्तो नेपालीलाई धार्मिक, आर्थिक, सामाजिक रुपले बलियो बनाउन कहिले नसक्ने देखिएको छ । धर्म, संस्कृति मेट्ने, राट्रघात, देश बेच्ने, युवा–किसानलाई दुःख दिने, उद्योगधन्दा समाप्त पार्ने, भ्रष्टाचारमा लिप्तलाई कानूनको अपव्याख्या गर्ने यी सबै कुकृत्यको देन हो यो नेताको संविधान !
दिवंगत वीर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली ।
(लेखक गुप्ता स्वतन्त्र युवा नेता हुनुहुन्छ ।)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij