२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

जेनजी आन्दोलनका शहीदहरुको सम्झनामा दीप प्रज्जवलन

बिहिवार , आश्विन २, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, २ असोज । जेनजी आन्दोलनका क्रममा निधन भएका शहीदहरुको सम्झनामा संघीय लोकतान्त्रिक मोर्चा रुपन्देहीले दीप प्रज्जवलन तथा शोकसभा गरेको छ ।मोर्चाले बुधबार भैरहवाको बुद्धचोकमा कार्यक्रम गरेको जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीले बताउनुभयो । गत भदौ २३ र २४ गते भ्रष्टाचार र कुशासनविरुद्ध भएको आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले युवाहरूले आफ्नो जीवनको आहुति दिएर देशमा सुशासन, पारदर्शीता र न्याय स्थापनाका लागि बाटो देखाएको बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध यो आवाज राष्ट्रको इतिहासमा निर्णायक मोड भएको बताउँदै शहीदहरूको सपना पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले जेनजी आन्दोलनलाई इतिहासकै सबैभन्दा सचेत र निडर युवा अभियानका रूपमा अघि बढेको बताउनुभयो । उहाँले शहीदले चाहेको न्यायपूर्ण समाज निर्माण, भ्रष्टाचार, अन्याय र बेथिति हटाएर जनताकै पक्षमा राजनीतिक शक्ति प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।