
बुधवार , आश्विन १, २०८२
काठमाडौं, १ असोज । जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
बुधवार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो ।
सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक विदा समेत दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो ।
सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij