२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

तिनाउ नदीमा बाढी बढ्दै गएपछि शतर्क रहन आग्रह

बुधवार , आश्विन १, २०८२

  • 436
    Shares
  • 436
    Shares
  • बुटवल, १ असोज । बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७ः५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको हो ।

    तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको छ ।

    पाल्पा,रूपन्देही लगायत आसपासका क्षेत्रमा विगत केही दिन यता वर्षा भइरहेको छ भने गत रातिदेखि निरन्तर वर्षा जारी छ ।