
शनिवार , भाद्र २८, २०८२
भैरहवा, २८ भदौ । जेनजीको प्रदर्शनका क्रममा रुपन्देहीको बुटवलस्थित भाटभटेनीमा लुटपाटमा संलग्न भएको भन्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कार्यरत एकजना शिक्षकलाई विद्यालयले कारवाही गरेको छ ।
भदौ २४ गते शिक्षक शिवशंकर शुक्ला सहभागी भइ बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले कारवाही गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले शिक्षक शुक्लालाई आजको मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको प्राचार्य दिनेश थापाले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij