२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

आगो

शुक्रवार , भाद्र २७, २०८२

  • 373
    Shares
  • 373
    Shares
  • सजिलो छैन
    मनमा आगो पालेर बस्नु,
    आगो बाल्नु,
    आगोसँग खेल्नु,
    र आगो निभाउनु ।

    पोल्छ जुन आगोले मन
    जलाउँछ त्यसैले
    तर्कका जग
    र मर्यादाका पर्खाल
    नसक्दा छुट्याउन 
    भ्रम र यथार्थ 
    न्याय र अन्याय
    सत्य र असत्य
    अनि– 
    पैmलिनसक्छ थाहै नपाइ
    हावाले टाढाटाढा आगो,
    नदेखिन सक्छ गन्तव्य 
    छेकिएर हिड्ने बाटो 
    आफैले बालेको आगोको
    धुवाँ र खरानीले ।

    हो सजिलो छैन
    आगोसँग खेल्नु
    खरानी पार्नसक्छ
    खेल्न जानिएन भने
    आगोको उज्यालोमा
    हेर्न खोजेको
    भविष्यको सुन्दर चित्र
    त्यही आगोले
    र पोल्नसक्छ 
    आगो खेल्ने नानीहरुलाई 
    अनि खरानी पार्नसक्छ
    नानीहरुको खेल मैदान । 

    २०८२ भाद्र २७