
बुधवार , भाद्र २५, २०८२
काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।
आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरू अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
जेन जेड युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर नष्ट भएको छ ।
सर्वोच्च अदालतले बुधबार एक लिखित सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै मुद्दाहरूको सुनुवाइ रोकिएको जानकारी दिएको हो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij