२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

जलेर ध्वस्त भए सरकारी संरचना, घर बाहिर ननिस्कन आग्रह गर्दै सेना सडकमा

बुधवार , भाद्र २५, २०८२

  • 610
    Shares
  • 610
    Shares
  • काठमाडौं, २५ भदौ । जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

    सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकीलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारभित्र रहेका मन्त्रालयहरु राष्ट्रपति भवन शितल निवास, संसद भवन लगायतका सरकारी सम्पतीहरु जलेर ध्वस्त भएका छन् ।

    सडकको बीच बीचमा सवारी साधनहरु जलाएर छोडेको देख्न सकिन्छ । प्रदर्शनकारीहरुले गरेको आगजनी र तोडफोडबाट काठमाडौंका सरकारी निकायहरु ध्वस्त भएका छन् ।

    सडकमा ढुंगा, इँट्टा, सिसाका टुक्राहरु यत्रतत्र देख्न सकिन्छ । सडकमा सैनिकले कफ्र्यु लागेको भन्दै मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरिरहेको छ भने खुलेका होटल चिया पसलहरु बन्द गराउन लगाएको छ ।