२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको सामूहिक राजीनामा

मंगलवार , भाद्र २४, २०८२

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौँ, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन्। संसदमा प्रतिनिधित्व गरिरहेका सबै सांसदहरूको यो कदमले देशको राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ।

    रास्वपाले आज सार्वजनिक गरेको विज्ञप्तिमा देशमा व्याप्त भ्रष्टाचार, कमजोर शासन व्यवस्था, र दलगत मिलेमतोका कारण नागरिकका सपना कुहिएको आरोप लगाउँदै यो कदम चालिएको जनाइएको छ। विज्ञप्तिमा देशमा न्यायिक असमानता, प्रमुख निकायहरूमा अपारदर्शी नियुक्ति र नागरिकको विश्वास गुमाउँदै गएको अवस्थाले अबको यात्रामा प्रत्यक्ष जनताको साथ लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

    545622091_770704732397001_6189071641997176382_n (1).jpg


    कार्यवहाक सभापति डोलप्रसाद अर्यालको हस्ताक्षर रहेको विज्ञप्तिमा पार्टीले अबको दिनहरूमा नयाँ राजनीतिक यात्राको थालनी गर्ने संकेत पनि गरेको छ।