
मंगलवार , भाद्र २४, २०८२
काठमाण्डौं । नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् ।
आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा र आगजनी गरिरहेका छन् ।
यसअघि काठमाडौंमा प्रदर्शनकारीहरूले दलका शीर्ष नेताहरुको निवास र दलका पार्टी कार्यालयहरुमा समेत ढुङ्गामुढा गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij