२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

भाषा साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो : राष्ट्रपति पौडेल

सोमवार , भाद्र १६, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ । 

    सोमबार शितल निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरुलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभएको हो ।

    उहाँले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  

    उहाँले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा भएको जिकिर गर्नुभयो । राष्ट्रपति पौडेलले अनुमप भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्पराको संरक्षण, संवर्धन र विकासमा जुट्नु साझा दायित्व भएको बताउनुभयो ।

    उहाले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिदैँ उनीहरूको सृजना यात्राको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाइ सम्मानपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो ।