२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम

सोमवार , भाद्र ९, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ९ भदौ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा (नमस्ते एकडेमीमा) कक्षा १२ उत्तीर्ण विद्यार्थीको ग्रेजुएसन तथा नवआगन्तुक  कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न भएको छ । 

    ब्रिटिस एजुकेसन ग्रुपका कन्ट्री डाइरेक्टर तथा स्कूल हेड अरुणकुमार कंडेलको अध्यक्षता तथा ब्रिटिस एजुकेसन ग्रुपका सिईओ राजन कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक डिल्लीनारायण  पाण्डेय, पुष्पा कंडेल, संस्थापक, श्यामलाल खरेल, संस्थापक प्राचार्य राजेन्द्र कुँवर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले ब्रिटिस ग्रामर स्कूललाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउन निरन्तर ब्राण्डिङमा लागिरहेको बताउनुभयो । उहाँले यो नतिजाले अत्यन्तै गौरव बनाएको बताउँदै आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धिदमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रमको पहिलो सत्रमा मोफसलमा दोस्रोपटक व्यवस्थापन संकायमा शतप्रतिशत  र विज्ञान संकायमा ९६ प्रतिशत ल्याइ तिलोत्तमा नगरपालिका प्रथम भएका विद्यार्थीको ग्रेजुयसन भएको थियो। ।

    प्रमुख अतिथि कंडेलले  गाउन र प्रमाणपत्र  वितरण  गरी विद्यार्थीलाई दिक्षित गर्नुभएको थियो । त्यस्तै उत्कृट नतिजा ल्याउन दिनरात मिहिनेत गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
    कार्यक्रममा ग्रयाजुएट विद्यार्थीकातर्फबाट अनुज पन्थी र अभिभावक शोभाखर पोखरेलले मन्तव्य राख्दै ब्रिटिस ग्रामर स्कूलको प्लस टु  मोफसलको उत्कृष्ट र फरक कोणबाट चलेको बताउनुभयो ।दोस्रो सत्रमा कक्षा १२ का विद्यार्थीले ११ कक्षाका विद्यार्थीलाई स्वागत गरेका थिए ।

    स्वागत समारोहमा विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेय, संस्थापक प्राचार्य  राजेन्द्र  कुँवर, प्लस टु संयोजक दीपक पोखरेल लगायतले स्वागत मन्तव्यसहित विद्यार्थीलाई टीका, खादा र स्वागत–पत्रसहित अभिनन्दन गरेका थिए ।४० भन्दा बढी सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रम विद्यार्थी अन्जुम बेगम, विद्या ढबाल, विष्णु यादव, मनिष गैरे, जन्नत इस्लाम खानले सञ्चालन गर्नुभएको थियो भने प्रशान्त चौधरी र अनुज पन्थीले मन्तव्य राख्नुभएको थियो ।

    e00933c6-9cd5-44f2-a978-fb75076ec638.jpeg

    सम्पूर्ण विद्यार्थीका अभिभावकसहित सम्पन्न समारोहमा नेपाल प्रहरीका डीआइजी आर.पी.दासले  विद्यालयको कार्यक्रममा सहभागी बन्न पाएकोमा गौरव  महसुस भएको विचार व्यक्त गर्नुभयो ।

    मोफसलमा एक मात्रै  प्रोग्रेसिभ  शिक्षण पध्द्दतिसहित स्थापित भएको यस विद्यालयले ग्रेजुएसन र स्वागत कार्यक्रम अत्यन्तै फरक शैलीमा  गरेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।