२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा स्वागत तथा शुभकामना आदानप्रदान

आइतवार , भाद्र ८, २०८२

  • 352
    Shares
  • 352
    Shares
  • भैरहवा, ८ भदौ । राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघले शनिबार भैरहवामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेलाई स्वागत गर्नुका साथै नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा.पाण्डेले पछिल्लो समय तराई–मधेशमा पनि हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको बताउनुभयो । उहाँले भन्नुभयो–‘म खुसी छु र प्रशंसा पनि गर्न चाहन्छु ।’ उहाँले नेपालमा विभिन्न जातजाति, समुदाय रहेको र एक–अर्कालाई सम्मान गर्दै आएको बताउनुभयो । यही नै हाम्रो विशेषता र पहिचान हो, ’उहाँले भन्नुभयो ।

    WhatsApp Image 2025-08-24 at 10.27.14 AM (1).jpeg

    त्यस्तै भीम अस्पतालको प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले तीज पर्वमा दुःखसुख साटासाट चलन भएको बताउनुभयो । उहाँले तीज आपसी सदभाव र मेलमिलापको पर्व भएको बताउनुभयो ।

    राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताले आगामी वर्ष यस्ता कार्यक्रममा अझ बढी सहभागीता गराइने बताउनुभयो ।

    WhatsApp Image 2025-08-24 at 10.27.14 AM (2).jpeg