२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

८० वर्षमाथिका नागरिकलाई सम्मान

आइतवार , भाद्र ८, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, ८ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ वडा कार्यालयले शनिबार कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा ८० वर्ष नाघेका २१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
    सम्मानित हु्नेमा बुटवल–१६ डिवार बस्ने ११२ वर्षीय क्षदी दंगोरिया थारु समेत रहनुभएको छ । उहाँलाई बुटवलकै ज्येष्ठ नागरिकको रुपमा सम्मान गरिएको हो । 

    ज्येष्ठ नागरिहरुलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा यस अघिदेखि नै सुरु गरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सम्मानले नै बुटवलको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    नगरप्रमुख पाण्डेयले ११२ वर्षीय ज्येष्ठ नागरिकप्रति बुटवलले गरेको सम्मान भनेको सबै ज्येष्ठ नागरिकप्रतिको सम्मान हो भन्दै क्षेदी दंगोरिया थारु लगायत सम्मानित हुनुहुने ज्येष्ठ नागरिकको सुस्वास्थ्यको कामना गर्नुभयो। अग्रजहरुको कारणले नै आफूहरुलाई काम गर्ने प्रेरणा मिलेको नगरप्रमुख पाण्डेको भनाइ छ । उहाँले कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा ११२ वर्षीय छेदी दंगोरिया थारुलाई बुटवलकै ज्येष्ठ नागरिकको रुपमा सम्मान प्रदान गरिएको बताउनुभयो । 

    उक्त अवसरमा थारु लगायत सवै ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने फलफूल लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको अध्यक्षता तथा ज्येष्ठ नागरिक मञ्च–१६ का संयोजक ज्येष्ठ नागरिक डिल्ली प्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव देवराज श्रेष्ठले गर्नुभएको थियो । 

    बुटवल उपमहानगरपालिका–१६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले गएको वैशाखमा माता तीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा पनि ८० वर्षमाथिका ३२ जना आमाहरुलाई घरघरमा पुगेर वडाले सम्मान गरेको बताउनुभयो ।