२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

लायन्स सिद्धार्थनगर युथद्वारा खाद्यान्न वितरण

आइतवार , भाद्र ८, २०८२

  • 724
    Shares
  • 724
    Shares
  • भैरहवा, ८ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगर युथले खाद्यान्न सामग्री वितरण गरेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका–११ स्थित सिसवाका १० घरपरिवारलाई ६० हजार बराबरको खाद्यान्न वितरण गरिएको क्लबका तृतीय उपाध्यक्ष सचिन्द्र तुलाधरले बताउनुभयो । सफिक निर्माण सेवाको कार्यालयमा आयोजित कार्यक्रममा खाद्यान्न वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स क्लब अफ सिद्धार्थनगर युथले धेरै राम्रो कार्य गर्दै आएको बताउनुभयो । 

    लायन्स सिद्धार्थनगर युथ वर्ष २०२५/२०२६ का अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एलसीआईएफ कोर्डिनेटर अर्चित श्रेष्ठ, एरिया–५ का एरिया चिफ प्रशान्तमणि रामदाम, एरिया को–चिफ राकेश गुरुङ, कोषाध्यक्ष मिलन विश्वकर्मा, जीएसटी कोर्डिनेटर अनित कुमार कुमार लगायतको आतिथ्यता रहेको थियो । 

    1.jpg

    शिबु आले र मोहम्मद बर्कतुल्लाह शाहको संयोजकत्व तथा लायन्स सिद्धार्थनगर युथका सचिव विराट गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।