
शुक्रवार , भाद्र ६, २०८२
काठमाडौं, ६ भदौ । इजिप्टको विदेश मन्त्रालयले इजरायलको शक्तिको अहंकार र संकीर्ण राजनीतिक स्वार्थ वा आधारहीन विश्वासले गाजाको जनजीवन भयावह भएको बताएको छ ।
इजरायलले अन्तर्राष्ट्रिय कानूनको निरन्तर उल्लङ्घन गरिरहेको बताएको छ । इजिप्टको विदेश मन्त्रालयले गाजा र पश्चिम किनारमा कब्जा विस्तार गर्ने, निर्दोष नागरिकहरू विरुद्ध व्यवस्थित अपराध जारी राख्ने र प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने योजनासहित इजरायलको बढ्दो नीतिहरूले गाजा र पश्चिम किनारमा पहिले नै तनावपूर्ण स्थितिलाई बढावा दिने बताएको छ ।
आगामी वर्षहरूमा क्षेत्रीय शान्ति र सुरक्षालाई क्षति पु¥याउने इजिप्टको निष्कर्ष छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले अक्टोबर ७, २०२३ देखि गाजामा इजरायलको जारी सैन्य अभियानले ६२ हजार १ सय ९२ जनाको मृत्यु भएको छ र १ लाख ५७ हजार १ सय १४ जना घाइते भएका छन् ।
गाजामा भोकमरी र कुपोषणले ११२ बालबालिकासहित २७१ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij