
मंगलवार , भाद्र ३, २०८२
काठमाडौं, ३ भदौ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले सोमवार गाजा पट्टीमा तत्काल युद्धविरामको लागि आह्वान गर्नुभएको छ ।
इजिप्टको राष्ट्रपति कार्यालयको एक विज्ञप्तिअनुसार उक्त क्षेत्रको पुनः कब्जा अस्वीकार गरेका छन् । इजिप्टले सम्भावित युद्धविराममा हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता आयोजना गरेको बेला दुई नेताहरू कायरोमा भेटेका थिए । उनीहरूको छलफलको क्रममा दुवै नेताहरूले युद्धविराम सुरक्षित गर्न र मानवीय सहायताको निर्वाध प्रवाह सुनिश्चित गर्न इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले गरेको संयुक्त प्रयासहरूको समीक्षा गरेका छन् ।
उनीहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई स्पष्ट रूपमा अस्वीकार गरेको पनि विज्ञप्तिमा उल्लेख छ । उनीहरूले मध्यपूर्वमा दिगो शान्ति र स्थिरताको एक मात्र मार्ग स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना हो भन्ने कुरामा पनि जोड दिएका छन् ।
दिनको शुरुमा हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रश्ताव प्राप्त गरेको पुष्टि गर्याे । योजनामा ६० दिनको युद्धविराम र सबै वन्धकहरूको चरणवद्ध रिहाइको लागि आह्वान गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij