२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

मर्चवारीमा दुई दर्जन बढी जनमतमा प्रवेश

आइतवार , भाद्र १, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी मर्चवारी गाउँपालिकाको आयोजनामा मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले देश र जनताको हितमा काम गर्ने जनमत पार्टी लोकप्रिय बन्दै गएको दावी गर्नुभयो । उहाँले हरियो नेपाल, स्वस्थ नेपाल, समृद्धि नेपालसहित कृषि उपजमा बृद्धिको लागि विभिन्न किसानमुखी योजनाको साथ जनमत पार्टी विभिन्न ठाउँमा नेतृत्व गरिरहेको बताउनुभयो । संगठन विस्तारमा कार्यक्रमलाई प्रभावकारी बनाउन जनमत पार्टीका नेता, कार्यकर्ता, भातृ संगठनहरुलाई सक्रिय हुनका साथै पार्टीको उद्देश्य र सन्देश जनजनमा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा पार्टी प्रवेशसँगै मर्चवारी गाउँपालिकामा महिला युवा किसान दलित जनमत संघ गठन गरिएको थियो । रामसेवक खरबिन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका कार्यकारिणी सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, गुड्डु मौर्य, रामसुमेर ठाकुर, मनोज यादव, शिला मौर्य, गीता हरिजन, रामशंकर यादव, मुनीलाल केवट, रामकान्त मौर्य, अशोक यादवलगायतको उपस्थिति थियो ।

    विजय यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।