
शनिवार , श्रावण ३१, २०८२
भैरहवा, ३१ साउन । काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले कक्षा १२ उतीर्ण विद्यार्थीलार्ई भैरहवामा सम्मान गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले उद्घाटन गर्नुहुँदै उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै अध्यक्ष मल्लिकले विद्याका लागि काशी जानुपर्ने पहिलाको कुरा अहिले भैरहवामा काशी स्कूलले गरेर देखाएको दावी गर्नुभयो । उहाँले बिदेशमा पढ्न जाने विद्यार्थी पढाइ सकेर दक्ष भएर नेपालमै फर्केर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा काशी नोबल एकेडेमी सिद्धार्थनगरबाट उत्कृष्ट नतिजा ल्याउने मनिष कुमार कहार, दिपिका पाण्डेसहित विद्यार्थीलाई नगद, सम्मानपत्र र खादाले सम्मान गरिएको थियो ।
सो अवसरमा काशी नोबल एकेडेमीमा अध्ययनरत छात्रा रियासा यादवले हालै थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेडल जित्न सफल भएकोमा कार्यक्रममा नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले काशी स्कूल यस क्षेत्रकै उत्कृष्ट विद्यालय भएकाले निरन्तरताको कामना गर्नुभयो ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यकमको सञ्चालन सहायक प्राचार्य श्री रायमाझीले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij