२०८२, आश्विन १५ गते

Oct 01 2025 | २०८२, आश्विन १५ गते

एसियन होटलले ३५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिपल

बिहिवार , श्रावण २९, २०८२

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २९ साउन । रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध) ले आईपीओ जारी गर्ने भएको छ । यो होटलले आईपीओ जारी गर्नका लागि आवश्यक प्रक्रियाको सुरुवात गरेको हो ।

    बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पर्यटकीय नगरी भैरहवा (सिद्धार्थनगर) मा विगत चार वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एसियन होटलले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणको समेत सहभागीता गर्नका लागि साधारण शेयर (आईपीओ) निष्काशनबाट ३५ लाख कित्ता साधारण सेयर जारी गरी ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको हो ।

    आईपीओबाट जुटेको लगानीबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना रहेको बताइएको छ । शेयर निष्काशन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।  

    एक औपचारिक कार्यक्रममा होटल एसियनकोतर्फबाट अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा होटलका डाइरेक्टर तिलकराम घिमिरे, पोमनारायण अधिकारी, सन्तोष चौधरी, सुशान्त त्रिपाठी लगायतको उपस्थिति थियो ।

    यो होटलले हाल ६६ वटा सुविधासम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बैंक्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरुबाट आफ्नो व्यवसाय गर्दै आएको जनाएको छ ।

    शेयर निष्काशनपश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि अरु मुख्य सहरहरु पोखरा, काठमाण्डौ, चितवनमा आफ्नो सेवा बिस्तार गर्ने योजना रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उक्त शाखा सेवाहरु थप गरे लगत्तै स्थानीयस्तरमा रोजगारी सिर्जना र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दीगो विकासको लक्ष्यहरुप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने रणनीति अघि सारिएको जनाएको छ ।