२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

एमालेमै फर्किइन् सिद्धार्थनगरको पूर्व उपप्रमुख काफ्ले

बुधवार , श्रावण २८, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २८ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको पूर्व उपप्रमुख तथा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मै फर्किनुभएको छ । २०७८ सालमा पार्टी विभाजित हुँदा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएकी काफ्ले बुधबार एमालेमै फर्किनुभएको हो ।

    बुधबार दाङमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा काफ्लेलाई पार्टीको सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, दधिराम न्यौपाने, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल लगायतले स्वागत गर्नुभएको छ ।

    पार्टीको लुम्बिनी प्रदेश सदस्य संजय कुमार गुप्ताले काफ्ले एमालेमा फर्किनुभएको बताउनुभयो ।

    Party Prabesh (3).jpg

    काफ्ले २०७४ सालमा एमालेबाट सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । 

    प्रदेश कमिटी बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालसहितको नेतृत्वको सहभागीता छ ।