२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

कोटिहवा बजार व्यवस्थापन समितिको अध्यक्षमा भुवानन्द पाण्डे

आइतवार , श्रावण २५, २०८२

तिलोत्तमा, २५ साउन । रूपन्देहीकोे तिलोत्तमा नगरपालिकास्थित कोटिहवा बजार व्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बजार व्यवस्थापनको चाहना, स्वच्छ प्रतिष्पर्धात्मक एकीकृत बजारको अवधारणा भन्ने मूल नारालाई आत्मसाथ गर्दै आइतबार कोटिहवामा उक्त कार्यक्रम भएको हो । 

प्रथम अधिवेशनबाट भुवानन्द पाण्डेको अध्यक्षतामा समिति चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा होमबहादुर बस्याल, उपाध्यक्षमा राजेश्वरी चौधरी, महासचिवमा प्रकाश बन्जाडे, सचिवमा हेमलाल भुसाल, कोषाध्यक्षमा रेमलाल पाण्डे र सह–सचिवमा युवराज पराजुली रहनुभएको छ ।

त्यस्तै सदस्यमा दिपा पौडेल, भूपति न्यौपाने, सन्दिप बराल, मदन भुसाल, टेकराज पराजुली, कृष्णप्रसाद भण्डारी, विशाल तिमिल्सिना, दुर्गाप्रसाद भुसाल, नुनबहादुर आले, कमला खरेल चयन हुनुभएको निर्वाचन मण्डलका सदस्य तारा नेपालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले बजार व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै संस्थालाई सक्रिय रुपमा अगाडि बढाउने र व्यवसायीको हकहितमा काम गर्ने बताउनुभयो । कार्यक्रम संयोजक डिल्लीराम अर्यालले व्यवसायीको सुखदुःखमा काम गर्न समिति गठन गरेको बताउँदै तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाउन मद्दत गर्ने बताउनुभयो ।

तदर्थ समिति चयन भएदेखि नै संंस्थाले सामाजिक उत्तरदायित्वका काम वृक्षारोपण, सरसफाई, साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । संस्थामा २६७ जना सदस्य छन् ।