२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

इनरव्हील क्लब अफ लुम्बिनीद्वारा वृक्षारोपण

शनिवार , श्रावण २४, २०८२

भैरहवा, २४ साउन । इनरव्हील क्लब अफ लुम्बिनीले शुक्रबार भैरहवामा वृक्षारोपण कार्यक्रम गरेको छ । क्लबले बुद्धचोकदेखि देवकोटाचोकसम्म वृक्षारोपण गरेको जनाएको छ । सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख अधिकारीले समाज रूपान्तरणमा महिलाहरूको अग्रणी भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता सिर्जनात्मक र सकारात्मक कार्यक्रमहरूमा सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्लब अध्यक्ष नारायणी नेपाल (अधिकारी) ले भन्नुभयो–‘म पुरिएको होइन, रोपिएको हुँ; एक दिन विशाल वृक्ष भएर उदाउँछु ।’ उहाँले थप्नुभयो–‘विरुवा लगाउनु मात्र पर्याप्त होइन, त्यसको संरक्षण गर्नु हाम्रो साझा कर्तव्य हो ।’

कार्यक्रम संयोजक तथा क्लबको कोषाध्यक्ष विनिता नेपालको स्वागत तथा क्लब एडिटर मनु भुर्तेलको सञ्चालनमा भएको कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष ज्ञानु पौड्याल, पूर्वअध्यक्षहरू बिना अग्रवाल, मीना नेपाल पन्थी, निवर्तमान अध्यक्ष बिना भण्डारी, उपाध्यक्ष कोपिला मरासिनी, सचिव कमला भट्टराई, सह–सचिव पवित्रा पन्थी, कोषाध्यक्ष विनिता नेपाल, बोर्ड सदस्यहरू अनिता चौधरी, रेखा कुमारी थापा,सदस्यहरू पूजा गुरुङ, ज्ञानु सेन लगायतको उपस्थिति थियो ।

कार्यक्रममा निम, कदम, टाकी फूल लगायत विभिन्न जातका ५० वटा बिरुवाहरू रोपिएको क्लबले जनाएको छ ।

उक्त स्थानमा विगतमा रोपिएका तर, नहुर्किएका विरुवाहरूलाई प्रतिस्थापन गर्दै वृक्षारोपण गरिएको हो । यो कार्यक्रममार्फत सहभागीहरूलाई ‘विरुवा रोप्नु मात्र होइन, संरक्षणमा पनि समान जिम्मेवारी लिनुपर्छ’ भन्ने सन्देश दिइएको क्लबले जनाएको छ ।

528999665_4189617697934713_1286926779308722552_n.jpg