
मंगलवार , श्रावण २०, २०८२
काठमाडौं, २० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई आणविक पनडुब्बीहरू जहाँ हुनुपर्न हो त्यहाँ तैनाथ गरिएको बताउनुभएको छ ।
उहाँले आफ्नो तैनाथीको आदेश दिएको दुई दिनपछि तैनाथ भइसकेको बताउनुभएको हो । आणविक पनडुब्बीहरू अझै रूसको सामना गर्न तैनाथ गरिएको छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले आवश्यक स्थानमा तैनाथ रहेको बताउनु भयो ।
ट्रम्पले शुक्रवार आफ्नो सामाजिक सञ्जालमा पूर्वरूसी राष्ट्रपति र सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवसँगको विवादपछि उपयुक्त क्षेत्रहरूमा दुई आणविक पनडुब्बीहरू तैनाथ गर्न आदेश दिनुभएको थियो ।
जुलाई २८ मा ट्रम्पले युक्रेनसँगको द्वन्द्व अन्त्य गर्न मस्कोलाई दिइएको समयसीमालाई शुरुवाती ५० दिनको समयसीमाबाट १० वा १२ दिनमा घटाउनु भयो । सम्झौता गर्न मस्कोको इच्छुकताको कमी रहेको सन्देश दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij