२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए

मंगलवार , श्रावण २०, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, २० साउन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन् ।
    राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार पछाईले ३.९५ जीपीए ल्याएका हुन ।  

    विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ३.९ जीपीए भन्दा बढी ल्याउने विद्यार्थी संख्या १० जना रहेका छन् ।  शुकदेव  चौधरीको ३.९४, प्रशान्ता पोखरलको ३.९२, पियुस अग्रहरीको ३.९१, प्रशन्न पाण्डेको ३.९१, विकल्प पाण्डेको ३.९, विनय शर्माको ३.९, हिरा कार्कीको ३.९, पियुस कार्कीको ३.९, प्रबल पोखरेलको ३.९ जीपीए रहेको छ ।  

    विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये कुल ९२ प्रतिशत विद्यार्थी ग्रेडेट भएका हुन् ।