२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

नेपाल मोबाइल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा गुप्ता

मंगलवार , श्रावण २०, २०८२

भैरहवा, २० साउन । नेपाल मोबाइल व्यवसायी संघ रुपन्देहीको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले बैजनाथ गुप्ता (बी.एन.)को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

BN Gupta.jpg

संघको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा सालिक राम क्षेत्री, महासचिवमा राज कुमार गुप्त (हलुवाई), कोषाध्यक्षमा दान बहादुर जि.सी., सचिवमा भुवन पाण्डे र सह–कोषाध्यक्षमा दिनेश गुप्ता रहनुभएको छ । त्यस्तै सदस्यहरुमा हरि बहादुर पाण्डे, सुमित कौसल, दिपक पौडेल, धिरज अग्रहरी, प्रविन गैरे, सन्तोष श्रेष्ठ, ऋषि न्यौपाने, ईश्वर प्रसाद घिमिरे, पुरुषोत्तम खनाल र मुक्ति राम न्यौपाने रहनुभएको छ ।

नेपाल मोबाइल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बैजनाथ गुप्ताको अध्यक्षता, नेपाल व्यवसायी महासंघका केन्द्रीय सदस्य विष्णु ज्ञवालीको प्रमुख आतिथ्यथा, संघको रुपन्देही प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यको स्वागत तथा महासचिव राज कुमार गुप्त हलुवाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा महासंघको लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष डी.एन. भण्डारी, बुटवल उपमहानगरपालिका अध्यक्ष शिवदेव अर्याललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।