२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

विद्यार्थीले आफूभित्रको क्षमता पहिचान गर्नुपर्छ : सुमना श्रेष्ठ

शनिवार , श्रावण १७, २०८२

भैरहवा, १७ साउन । लिडरसीपबारे बुझ्न उत्सुक हुनेहरुका निम्ति रुपन्देहीको भैरहवामा सञ्चालित १७० औं एलएसडीटीको श्रृंखलामा  प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी ११ मा अध्यनरत विद्यार्थीहरुलाई अबको मेरो शिक्षा विषयमा प्रशिक्षित गर्नुभएको छ ।

पूर्व शिक्षामन्त्री समेत रहनुभएकी उहाँले अबको पढाइले विद्यार्थी असल बन्ने खालको हुनुपर्ने बताउनुभयो । ‘विद्यार्थीले आफूभित्र भएको क्षमताको पहिचान गरी पढ्न सके त्यसले विद्यार्थीलाई खुशी बनाउँछ । अभिभावकले पनि यो यथार्थलाई बुझ्न सक्नुपर्छ, ’उहाँले भन्नुभयो । अभिभावकलाई सबै आफु खुशी मात्र होस् भन्ने चाहनाबाट मुक्त हुनका निम्ति आफ्नो अनुभव उहाँले साझा गर्नुभयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले विद्यार्थीको शिक्षामा सरकारको नीति महत्वपूर्ण हुने बताउनुभयो । होराइजन जीबीएस स्कूलका प्राचार्य तथा नेपाल गणित समाज लुम्बिनी च्याप्टर अध्यक्ष गोपाल आचार्यले विद्यार्थी, अभिभावक र शिक्षकबीचको समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले विद्यार्थीको शिक्षाका निम्ति शैक्षिक वातावरण हुन् जरुरी रहेको भन्दै विद्यालयले अनुकुल वातावरणको सुविधा दिनुपर्ने बताउनुभयो ।

बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेले एलएसडीटीले गरेको नियमित कार्यक्रमले विद्यार्थीहरुका लागि पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै एलएसडीटिको प्रंशसा गर्नुभयो ।
त्यस्तै सुसंस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बस्यालले विधालयमा व्यवस्थापन समितिको भूमिकाबारे चर्चा गर्नुभयो । 

‘अबको मेरो शिक्षा’ विषयक अन्तरसम्वाद कार्यक्रममा साई ग्लोबल एकेडमीका प्राचार्य लक्ष्मण ज्ञवाली र  भैरहवा नमुना माविका प्राचार्य बासुदेब पौडेलले विद्यार्थीहरुलाई पढाईमा अंकको पछाडी मात्र नलागि व्यवहारिक अध्ययनमा जोड दिन सुझाव दिनुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका करिब ६ जना बिधार्थीहरुले अबको मेरो शिक्षाबारे धारणा राखेका थिए  । शिक्षक साहित्यकार तेज प्रसाद पन्थले उत्प्रेरक कविताले विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभयो । सृजनशील मंच नेपालकी अध्यक्ष अनिता थापाको अध्यक्षताा सम्पन्न कार्यक्रमको सञ्चालन  एलएसडीटी सदस्य मनिष तामाङले र स्वागतसंयोजक रिसव वि.क.ले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई विरुवा उपहार वितरण गरिएको थियो ।  एलएसडीटी कार्यक्रम ध्यानबाट शुभारम्भ हुने गर्दछ । ब्रह्माकुमारी सत्या दिदीलले ध्यान गराउनुभएको एलएसडीटीका सचिवालय प्रमुख बिरेन्द्र ज्ञवालीले बताउनुभयो ।

WhatsApp Image 2025-08-02 at 8.29.59 PM.jpeg

एलएसडीटीको संस्थापक तथा मुख्य प्रशिक्षक विजय पाण्डे हुनुहुन्छ ।