२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा बिरामीहरूलाई फलफूल वितरण

बिहिवार , श्रावण १५, २०८२

भैरहवा, १५ साउन । राष्ट्रिय वैश्य महासंघ, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । आफ्नो प्रथम स्थापना दिवसको अवसरमा महासंघले बिहीबार बिहान अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।

कार्यक्रममा महासंघको रुपन्देहीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जोगेन्द्र अग्रहरीले मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो । उहाँले बिरामीहरूको मनोबल उच्च राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले फलफूल वितरण गरिएको जानकारी दिनुभयो । ६५ जना बिरामीलाई फलफुलसँगै हर्लिक्स, बिस्कुट लगायतका सामग्री प्रदान गरिएको अग्रहरीले बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले राष्ट्रिय वैश्य महासंघको यो कार्यले बिरामीहरूमा सकारात्मक उर्जा प्रदान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले महासंघको यो प्रयास सराहनीय रहेको बताउँदै फलफूल वितरणका लागि भीम अस्पताल चयन गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले राष्ट्रिय वैश्य महासंघ, रुपन्देहीले सराहनीय कार्य गरेको बताउनुभयो ।

WhatsApp Image 2025-07-31 at 3.37.06 PM.jpeg

राष्ट्रिय वैश्य महासंघ रुपन्देहीका उपाध्यक्ष जोगेन्द्र अग्रहरीको अध्यक्षता तथा अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा अस्पताल व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र), कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. बैजनाथ अग्रहरी, नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय लगायतको उपस्थिति थियो ।