२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

पञ्चकन्या डिमेक्समा रक्तदान, ३८ प्वाइन्ट रगत संकलन

सोमवार , श्रावण १२, २०८२

भैरहवा । रुपन्देहीका सियारी गाउँपालिका २ भग्दरीमा रहेको पञ्चकन्या डिमेक्सले रक्तदान कार्यक्रम गरेको छ । ६० औं रक्तसञ्चार सेवा दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । 

कार्यक्रममा पञ्चकन्या डिमेक्समा कार्यरत कर्मचारी तथा मजदुरहरु सहित स्थानियले पनि रक्तदान गरेको उद्योगका प्रवन्धक सन्तोषकुमार विमलीले जानकारी दिनुभयो । 

WhatsApp Image 2025-07-28 at 3.04.36 PM.jpeg

उद्योगले असार र साउनको महिनामा अस्पतालहरुमा रगतको अभाव हुने जानकारी पाएपछि रगतको अभाव घटाउनका  लागि रक्तदान कार्यक्रम गरिएको उद्योगका प्रबन्ध निर्देशक रितेश सिलवालले जानकारी दिनुभयो । 

उहाँले उद्योगले सामाजिक कार्यलाई पनि अगाडि बढाउने उद्धेश्य अनुरुप रक्तदान कार्यक्रम गरेको बताउनु भयो । 

कार्यक्रममा नेपाल रेडक्रम सोसाईटि रुपन्देहीका सदस्य महेन्द्रकुमार श्रेष्ठ, पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहु, ईन्जिनियर मिलन थापालगाएतले बोल्दै रक्तदान जस्तो पवित्र कार्यलाई गाउँगाउँसम्म लैजानु पर्ने बताउनु भयो । 

पञ्चकन्या डिमेक्स युपिभिसि झ्याल तथा ढोकाहरु निर्माण गर्ने नेपालकै ठुलो उद्योग हो ।