
शनिवार , श्रावण १०, २०८२
भैरहवा, १० साउन । रुपन्देहीको भैरहवास्थित डण्डा नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएका दुई जना बालक शान्ति नमुना माविमा अध्ययनरत बिद्यार्थी रहेको बुझिएको छ ।
सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा डुवेर ज्यान गुमाएका दुई बालकको शान्ति नमुना माविको कक्षा ९ मा अध्ययरत बिद्यार्थी रहेको प्रधानाध्यापक कुलप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
दुई बिद्यार्थीको अकल्पनिय निधनपछि बिद्यालय शोकका डुवेको र आईतवार बिद्यालयमा शोक विदा रहेको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो ।
बिद्यालयले सोही दिनका लागि निर्धारित शिक्षक छनोट परीक्षाअन्तर्गत “फाइनान्स विषयसम्बन्धी शिक्षक छनौट प्रक्रिया” अर्को दिन सोमबारका दिन सारिएको जनाएको छ ।
शनिबार दिउँसो करिब ३ बजे तिर सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपानेको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij