२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

भैरहवाको शिव मन्दिरमा १०८ बृक्षारोपण

मंगलवार , श्रावण ६, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा । लुम्बिनी विश्वशान्ति मञ्चको आयोजनामा सोमबार भैरहवामा बृक्षरोपण गरिएको छ ।

    वसडिलवा स्थित शिवालय मन्दिरमा विभिन्न प्रकारका १०८ वटा विरुवा रोपीएको संस्थाका संस्थापक बासु गौतमले जानकारी दिनुभयो । लुम्बिनी विश्व शान्ति मञ्चको १० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तरगत वृक्षरोपण कार्यक्रम गरिएको गौतमले जानकारी दिनुभयो ।

    रुपन्देही नागरिक समाजका अध्यक्ष अमित गुप्ताको प्रमुख आतिथ्यता वृक्षरोपण कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै गुप्ताले जलवायु परिवर्तनको असरबाट जोगिन तथा पर्यावरणलाइ सुन्दर बनाउन बृक्षारोपण आबश्यक रहेको बताउनु भयो ।

     कार्यक्रममा शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपती न्यौपानेको अध्यक्षता तथा स्थानीयको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    अभियानलाई लुम्बिनी–कपिलवस्तु विश्व अभियानको सहयोग रहेको गौतमले जानकारी दिनुभयो । संस्थाले यो वर्ष देशका विभिन्न विकट जिल्लाहरुमा १० हजार विरुवा रोप्ने कार्यक्रम राखेको उहाँले बताउनु भयो ।