२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु

मंगलवार , श्रावण ६, २०८२

  • 901
    Shares
  • 901
    Shares
  • काठमाडौं, ६ साउन । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १८ जनाको मृत्यु भएको छ।

    उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन चलिरहेको समयमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ । अत्याधिक वर्षाका कारण नदी, नाला र बाँधहरू भरिएपछि धेरै गाउँहरू सम्पर्कविहीन भएको बताइएको छ ।

    बुन्दी जिल्लाको नैनवा क्षेत्रमा सबैभन्दा बढी २३४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । भारत मौसम विज्ञान विभागले आगामी केही दिन उत्तरी पहाडी राज्यहरू उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ ।