२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीको अध्यक्षमा अमित गुप्ता

सोमवार , श्रावण ५, २०८२

भैरहवा, ५ साउन । राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देही जिल्ला समिति गठन गरिएको छ । शनिबार भैरहवामा भएको भेलाले अमित कुमार गुप्ताको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

भैरहवा निवासी गुप्ता नागरिक समाज रुपन्देहीका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ विभिन्न संघ–संस्थामा आबद्ध हुनुहुन्छ । त्यस्तै महासंघ रुपन्देहीको उपाध्यक्षमा अशोक कुमार साह, जोगेन्द्र अग्रहरी, पूर्णिमा रौनियार, शत्रुधन पण्डित, बेचन प्रसाद गुप्ता, महासचिवमा तालकेश्वर कान्दु, सचिवमा गणेश गुप्ता, विजय कौशल, अरुण केसरी, कोषाध्यक्षमा त्रिभुवन अग्रहरी र सह–कोषाध्यक्षमा किरण गुप्ता, पप्पू कौशल र दिपेश गुप्ता रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा संजय रौनियार, उषा जैसवाल, शार्दूल मयूर कसौधन, हरेन्द्र पटवा, गिरजाशंकर गुप्ता, रूवि रौनियार, राजकुमार बनिया, इन्द्रजीत साह, योगेन्द्र गुप्ता, अशोक कुमार गुप्ता, विरेन्द्र कोहर र कन्हैयालाल सेंदुरिया रहेका छन् ।

त्यसै गरी राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीको प्रेस सल्लाहकारको जिम्मेवारी पत्रकार महेश गुप्तालाई दिइएको छ ।

राष्ट्रिय वैश्य महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा राष्ट्रिय सचिव राम उदार महासेठ, राष्ट्रिय सचिव बजरंगी साह लगायतको उपस्थिति रहेको थियो ।